post-slider post-slider

एकीकृत समाजवादीले सुदूरपश्चिममा सोडारीलाई नै मुख्यमन्त्रीमा अगाडि सार्ने

Image
A A

काठमाडौं - नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको हो।

यसअघि मंगलबार एकीकृत समाजवादीले सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेपनि उनी विवादित व्यक्त भएको भन्दै सत्ता समीकरणको प्रमुख दल नेकपा एमालेले विकल्प दिन आग्रह गरेको थियो।

सोडारीमाथि सम्पत्ति शुद्धीकरणको मुद्धा रहेको र विगतमा मन्त्री हुँदा समेत विवादमा रहेको एमालेको आरोप रहेको छ।
 

Tags: