post-slider post-slider

जहाज ‘ग्राउन्डेड’ भएपछि निगमले माग्यो क्षमा

Image
A A

काठमाडौं- नेपाल वायुसेवा निगमले दुईवटा न्यारोबडी विमान ग्राउन्डेड भएपछि यात्रुसँग क्षमा मागेको छ।

चरा ठोक्किएका कारण देखाउँदै जहाज ग्राउन्डेड गर्नुपरेको भन्दै निगमले यात्रुसँग क्षमा मागेको हो।

दुईवटा जहाज एकैपटक ग्राउन्डेड हुँदा पूर्वनिर्धारित उडान सञ्चालन प्रभावित भएको भन्दै निगमले यात्रुहरूसँग क्षमा मागेको छ।

‘नियमित मर्मत सम्भारका बाबजुद पनि निगमसँग भएका दुईवटा ए–३२० जहाजमा एकै समयमा चरा ठोक्किएको कारण इन्जिनमा प्राविधिक समस्या आइ ग्राउन्डेड भएकाले उपलब्ध अन्य जहाजबाट पूर्वनिर्धारित उडानहरू सूचारू गरिएको ब्यहोरा जानकारी गराउँदै यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगम क्षमाप्रार्थी छ,’ निमगका प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

जहाजअभावका कारण निगमले आइतबार मलेसिया उडान रद्द गरेको थियो। जसका कारण मलेसिया जाने १५१ र काठमाडौं आउने १०८ जना यात्रु अलपत्र परेका थिए।

निगमको नाइन नोभेम्बर–अल्फा किलो ह्विस्की जहाज आज बेलुकीबाट उड्ने जनाउँदै विज्ञप्तिमा भनिएको छ,‘निगमको जहाज ग्राउन्डे भएको भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति निगमको ध्यानाकर्षण भएको छ।’

 

Tags: