post-slider post-slider

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु

Image
A A

काठमाडौं- इन्डोनेसियाको मारापी ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ।

विस्फोटमा परी ज्वालामुखीको मुखनजिकै रहेका ११ जना पदयात्रीको मृत्यु भएको हो।

यो ज्वालामुखी सप्ताहान्तमा विस्फोट भएको थियो र सोमबारमात्रै त्यस क्षेत्रबाट तीन जनाको उद्धार गरिएको छ।

हराइरहेका अन्य १२ को खोजी अर्को सानो विस्फोटनका कारण स्थगित गरिएको छ।

ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेको बताइएको छ। तीमध्ये अधिकांशलाई सुरक्षित रूपमा उद्धार गरिसकिएको छ।

इन्डोनेसियामा रहेका १२७ वटा सक्रिय ज्वालामुखीहरूमध्ये मारापी पर्वतमा आइतबार विस्फोटन भएको थियो।

उक्त ज्वालामुखी विस्फोट हुँदा झन्डै तीन किलोमिटर माथिसम्म खरानीको धुँवा र मुस्लो उठेको थियो।

अधिकारीहरूले त्यहाँ दोस्रो उच्चस्तरको खतराको चेतावनी जारी गरेका छन्।

स्थानीयवासीलयाए उक्त ज्वालामुखीको मुख वा खाडलको तीन किलोमिटर वरपर जान निषेध गरिएको छ।

सोमबार त्यस क्षेत्रबाट उद्धार गरिएका ४९ जना आरोहीहरूमध्ये केही आगोले पोलेर घाइते भएकाहरू छन्।

ज्वालामुखीको खरानी र धुँवाको मुस्लो आकाशमा तीव्र गतिमा उडेर फैलिएको र नजिकका मोटरगाडी र सडकहरू खरानीले ढाकिएका थिए।

उद्धारकर्मीहरूले ज्वालामुखी पहाडको दुर्गम बाटोबाट घाइते तथा मृतकहरूलाई पालैपालो बोकेर एम्बुलेन्ससम्म पु¥याएका थिए।

झन्डै २ हजार ८९१ मिटर अग्लो मारापी पर्वत इन्डोनेसियाको सुदूरपश्चिमको सुमात्रा टापुमा अवस्थित छ।

इन्डोनेसियाली प्रायःद्वीप प्रशान्त महासागरीय क्षेत्रमा ‘प्यासिफिक रिङ अफ फायर’ भनिने जोखिमपूर्ण क्षेत्रमा पर्छ।

त्यहाँ महादेशीय भूखण्डहरू एकआपसमा ठेलिएर रहँदा ठूलो स्तरको ज्वालामुखी र भूकम्पीय गतिविधि भइरहन्छ।

 

Tags: