post-slider post-slider

एमालेको अवरोधपछि संसद बैठक स्थगित

Image
A A

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

सय किलो सुन तस्करीका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसदहरूले नाराबाजी गरेपछि बैठक स्थगित भएको हो।

एमालेका सांसदहरूले छानबिन समिति गठनका लागि सभामुखले रूलिङ गर्नुपर्ने भन्दै रोष्ट्रमअगाडि नाराबाजी गरेका थिए।

एमालेको नाराबाजीपछि सभामुख देवराज घिमिरेले साउन १५ गते दिनको १ बजेसम्म बैठक स्थगित भएको घोषणा गरे।

प्रमुख प्रतिपक्षी दल एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय किलो सुन तस्करी भएको विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेको छ।

साथै उसले यो प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने भनेको छ।

Tags: