post-slider post-slider

मनाङ एयर हेलिकप्टर दुर्घटना : पाँच जनाको शव फेला

Image
A A

काठमाडौं- मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो।

९ एनए–एमभी कलसाइन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको हो।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्।

घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार पाँच जनाको शव भेटिएको र उनीहरूको पहिचान खुल्न बाँकी रहेको छ।

उद्धारको काम भइरहेको उनले बताएका छन्।

हेलिकप्टरमा चालकसहित ६ यात्रु सवार थिए।

मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

अल्टिच्युड एयरको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको छ।

लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको हेलिकप्टर सुर्केमा अवतरण गरिएको थियो।

यात्रुलाई सुर्केसम्म गाडीबाट ल्याएर काठमाडौंका लागि उडाइएको थियो।

हेलिकप्टर लामाजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टारवरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको थियो।

 

Tags: