post-slider post-slider

कांग्रेस केन्द्रीय समिति बैठक असोज ४ देखि

Image
A A

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकको मिति परिवर्तन गरेको छ।

कांग्रेस केन्द्रीय समिति बैठक असोज ४ मा बस्ने भएको हो। 

यसअघि असोज २ गतेका लागि बोलाइएको बैठक ४ गतेका लागि सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पौडेलका अनुसार असोज ४ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको उनले बताए।

 

Tags: