post-slider post-slider

कलैयामा गोली लागेर घाइते भएका सर्राफको निधन

Image
A A

काठमाडौं- अज्ञात समूहले प्रहार गरेको गोली लागेर घाइते भएका कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपलको उपचारका क्रममा निधन भएको छ।

प्रिन्सिपल रुपेश सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे कलैया नगरपालिका–६ मदरसा टोलमा गोली प्रहार गरेको थियो।

गोली प्रहारपछि घाइते भएका सर्राफलाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएको थियो।

अस्पतालका चिकित्सकका अनुसार उनको उपचारको क्रममा निधन भएको हो।

बाराका डिएसपी दधिराम न्यौपानेले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताएका छन्।

कलैया उपमहानगरपालिकाको मुख्यबजारमै मोटरसाईकलमा आएका दुई जना अज्ञात व्यक्तिले उनीमाथि तीन राउन्ड गोली प्रहार गरेका थिए।

गोली लागेर घाइते भएका सर्राफलाई सुरूमा कलैया प्रादेसिक अस्पताल लगिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई वीरगञ्जस्थित वयोधा अस्पताल लगिएको छ।

उनको टाउको र छातीमा गोली लागेको बताइएको छ।

सर्राफमाथि गोली प्रहारको घटनालाई निजी विद्यालय संगठनका पदाधिकारी र पूर्वपदाधिकारीहरूले भत्र्सना गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन्।

एन प्याबसनका पूर्वअध्यक्ष ऋतुराज सापकोटाले सर्राफमाथि गोली प्रहार गर्ने व्यक्तिलाई कानुनी दायरमा ल्याउन माग गरेका हुन्।

‘अत्यन्तै दुखद तथा अकल्पनीय। बाराको कलैयामा रहेको एन प्याबसनको सदस्य विद्यालय बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल, बारा जिल्ला एन प्याबसनका उपाध्यक्ष सुमोध सर्राफका सहोदर भाइ रुपेश सर्राफमाथिको कायरतापूर्ण गोली प्रहार भएको क्रुर हत्याको भत्र्सना गर्दर्छौ। सत्य तथ्यको छानबिनको जोडदार माग गर्दर्छौ,’ सापकोटाले भनेका छन्।

त्यस्तै एन प्याबसनका उपाध्यक्ष ब्रजेन्द्र मिश्रले पनि घटनामा संलग्न व्यक्तिलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्।

मिश्रले भनेका छन्, ‘अज्ञात समूहबाट गोली प्रहार र तत्काल मृत्युको खबरले मर्मात भएको छु। अपराधीलाई तुरून्त कारबाहीका लागि सरकारसँग माग गर्दछु।’

 

Tags: