post-slider post-slider

प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ।

मंसिर २० गतेदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गजुरेलले मंसिर २० गते नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए।

उनले राजीनामा दिनुको कारण खुलाएका छैनन्।

यद्यपि सरकारको पछिल्लो गतिविधिबाट असन्तुष्ट भएर उनले राजीनामा दिएको बताइएको छ।

माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए।

 

Tags: