post-slider post-slider

प्रशासकीय अधिकृतसहित १० जनाविरूद्ध भ्रष्टाचार मुद्दा

Image
A A

काठमाडौं- मुगुको छायाँनाथ रारा नगरपालिका कार्यालयका तत्कालीन निमित्त प्रशासकीय अधिकृत पिताम्बर सारुसहित १० जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार सारुसहित उपभोक्ता समितिका

अख्तियारले कार्यालयका प्राविधिक तथा उपभोक्ता समितिका पदाधिकारीहरूविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

नगरपालिकाको वडा नम्बर ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अर्डिनरी स्वायल, हार्ड रक कटिङ गर्नुपर्ने कामको बढी मूल्यांकन गराइ नापी किताब, प्राविधिक बिल र कार्य सम्पन्नताको प्रतिवेदन तयार पारी रकम भुक्तानी गरेको पाइएको अख्तियारले जनाएको छ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले छानबिनका क्रममा २८ ला ६२ हजार ४५९ रूपैयाँ भ्रष्टाचार भएको पुष्टि भएको बताए।

अख्तियारले जनाएअनुसार तत्कालीन निमित्त प्रशासकीय अधिकृत सारुसहित इन्जिनियर महेशसिंह कठायत, अस्सिस्टेन्ट सव–इन्जिनियर हस्तबहादुर मल्ल, उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल, कोषाध्यक्ष बिजुली मल्ल, अनुगमन समितिका सदस्य चक्रबहादुर रावत, हजरकला कामी, वडा नम्बर ७ का तत्कालीन वडाध्यक्ष पशुपति शाही र वडा नम्बर ८ का तत्कालीन वडाध्यक्ष कर्ण रावलविरूद्ध मुद्दा दर्ता भएको छ।

उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय तथा जरिवाना मागदाबी लिइएको अख्तियारले जनाएको छ।

 

Tags: