post-slider post-slider

महिला एशिया कप: नेपाल भारतसँग पराजित, प्रतियोगिताबाट बाहिरियो

Image
A A

काठमाडौं- नेपाल जारी महिला एशिया कपबाट बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएसँगै बाहिरिएको हो।

भारतले दिएको १७९ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट फुमाउँदै ९६ रन बनाएको थियो। नेपालका लागि सीता राना मगरले सर्वाधिक १८ रन बनाएकी थिइन् भने रुबिना क्षेत्रीले १५ र कप्तान इन्दु बर्माले १४ रन बनाएकी थिइन्।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो।

भारतका लागि सेफाली बर्माले सर्वाधिक ८१ रन बनाएकी थिइन् भने दयालान हेमालताले ४७ रन बनाएकी थिइन्। त्यस्तै, जेमीनाह रोड्रीगेजले २८ र संजीवन सजनाले १० रन बनाएकी थिइन्।

त्यसैगरी नेपाली बलर सीता राना मगरले २ र कविता जोशीले एक विकेट लिएकी थिइन् 

यो जितसँगै भारतले समूह चरणमा लगातार तीन खेल जितेर विजेता हुँदै सेमिफाइनलमा पुगेको छ भने पाकिस्तान उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ।

त्यस्तै, समूह ए बाट नेपालले ३ खेलमा एक खेल जितेर २ अंकसहित तेस्रो हुँदै बाहिरिएको छ। समूह ए बाट युएईले तिनै खेलमा हार व्यहोरेर बाहिरिएको छ।

Tags: