post-slider post-slider

शशांकको चियापानमा देउवादेखि निधि, प्रकाशमान, मिनेन्द्रसम्म

Image
A A

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकै बीचमा पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य शशांक कोइरालाले चियापान कार्यक्रम आयोजना गरेको छन्। काठमाडौंको लैनचौरस्थित लैनचौर बैंक्युटमा कोइरालाकले आज बिहान चियापान कार्यक्रम गरेका हुन्।

चियापान कार्यक्रममा केन्द्रीय सदस्य, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद, बागमती प्रदेश सांसद, काठमाडौंमा उपलब्ध जिल्ला सभापतिसहित कांग्रेस कार्यकर्ताको उपस्थिति रहेको छ।

शशांक निकटस्थहरू साउन २ गतेदेखि जारी केन्द्रीय कार्यसमितिमा देखिएको मत विभाजनको मिलनका रुपमा चियापान कार्यक्रमलाई अर्थ्याएका छन्। 

चियापानमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, परराष्ट्रमन्त्री एनपी साउद, मिनेन्द्र रिजाल, विनोद चौधरी लगायतका शीर्षक नेता पनि सहभागी थिए। देउवाले चिया खान बोलाएकोमा शशांकलाई धन्यवाद दिएका थिए।

Tags: