post-slider post-slider

तिर्नुपर्ने बाँकी बक्यौता मंगलबारसम्म बुझाउन पशुपति क्षेत्र विकास कोषको आग्रह

Image
A A

काठमाडौं- पशुपति क्षेत्र विकास कोषको देवउद्यान, गौशालाले तिर्नुपर्ने बाँकी बक्यौता आउँदो मङ्लवारसम्म बुझाउन आग्रह गरेको छ।

कोषले आज सार्वजनिक सूचना निकालेर तिर्नुपर्ने बाँकी बक्यौता बुझाउन अनुरोध गरेको हो। कोषको साउन एक गतेको निर्णयबाट गठित बाँकी बक्यौता असुली कार्य टोलीले स्थलगत रूपमा अनुगमन गरी कोष अन्तर्गत रहेका पसलकवल, पार्किङहरूको बक्यौता रकम कार्यालयमा दाखिला  गर्न भनेको छ।

पटक  पटकको  टेलिफोन  सम्पर्कबाट ताकेता  गर्दा  केही  सञ्चालक  व्यक्ति/फर्म/संस्थाले आंशिक रकम कोषको बैंक खातामा दाखिला  गरी कोषको  कोष  तथा  आय  लेखा  व्यवस्थापन  शाखामा  भौचर बुझाएको र त्यसमा पनि कतिपयले  आंशिक मात्रै र कतिपयले  नबुझाएको पाइएकोले भदौ १२ गते कार्यालय समयभित्र बाँकी बक्यौता बुझाउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

कोषले पत्राचार गरेको र कारणबस पत्र नपाएको भए सूचनालाई नै आधार मानेर तोकिएको समयसीमाभित्र  आफूले  तिर्न  बुझाउन  बाँकी रकम  बुझाउन जानकारी गराएको छ। म्यादभित्र बाँकी बक्यौता नबुझाउनेलाई बक्यौता असुली कार्य टोलीको सिफारिस अनुसार कानुनी प्रकृया अनुसार कालोसूचीमा राखेर सम्बन्धित  व्यक्ति/संस्था/फर्म/कम्पनीको  बैंक  खाता  समेत रोक्का राख्न सिफारिस गरी सरकारी बाँकी सरह असुल उपरको कारबाही गरिने चेतावनी दिएको छ। 

Tags: