काठमाडौं र ललितपुरमा शनिबार साढे आठ घण्टा विद्युत् आपूर्ति बन्द हुने
काठमाडौं- काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार साढे आठ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौंको रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूबाट आपूर्ति हुने बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनेछ।
टेकु सबस्टेसनको स्तरोन्नती गर्ने काम भइरहेकाले विद्युत् आपूर्ति प्रभावित हुने भएको हो।