post-slider post-slider

सर्लाही घटना : गोली चलाउने हवल्दारलाई सेवाबाट बर्खास्त गर्न सिफारिस

Image
A A

काठमाडौं, माघ १ - सर्लाहीको बरहथवा घटना प्रकरणमा गोली चलाएका प्रहरीलाई सेवाबाटै बर्खास्त गर्न सिफारिस गरिएको छ। 

गत २० पुसमा बरहथवामा भएको घटना प्रहरीको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो। 

उक्त घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले प्रहरी हवल्दारले चलाएको गोली लागेर साहको मृत्यु भएको निष्कर्ष निकाल्दै गोली चलाउने हवल्दारलाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरेको हो।

आइतबार समितिले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा गोली चलाउने प्रहरी हवल्दारलाई नै सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको हो। 

बरहथवा-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिको विषयमा नगरपालिका गएका प्रदर्शनकारीबीच झडप भएको थियो। 

त्यसक्रममा हवाई फायर र अश्रुग्यास प्रहार भएको थियो। जयशंकर भने आन्दोलनकारी थिएनन्। बिजुलीको बिल तिर्न गएको बेला उनलाई गोली लागेको थियो। 

 

Tags: