post-slider post-slider

ललिता निवास प्रकरणमा मन्त्रीहरूलाई सफाइ, सचिवहरू जेल चलान

Image
A A

काठमाडौँः विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रीहरूलाई सफाइ दिएको छ भने सचिवहरूलाई दोषी ठहर गरेको छ। 

तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार र पूर्वमन्त्री डम्बरकुमार श्रेष्ठविरुद्धको आरोपमा दाबी पुग्न नसकेको ठहर गर्दै यी दुई जनालाई विशेषले सफाइ दिएको हो। 

तर यसै प्रकरणमा भूमिसुधार मन्त्रालयका तत्कालिन सचिव छविराज पन्त र दीप बस्न्यात भने दोषी ठहर भएका छन्। 

विशेषले यी दुईसँगै प्रेमबहादुर खापुङ, अजुन खतिवा, शंकर सुवेदी, अंगुर सिग्देल,  केदारप्रसाद श्रेष्ठ, हरिकृष्ण तिमिल्सिना, परशुराम पोखरेल, कृष्ण पौडेल, टंक भट्टलाई पनि ‍दोषी ठहर गरेको हो।

उनीहरूलाई २ वर्ष कैद सजाय सुनाइएको छ भने उनीहरुबाट दामासाहीमा ९ करोड ६५ लाख रुपैयाँ विगो जफत गर्न पनि विशेषको फैसलाले भनेको छ। 

Tags: