post-slider post-slider

मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

Image
A A

काठमाडौं- मोटरसाइलको ठक्करबाट हेटौंडामा एक प्रहरी जवानको मृत्यु भएको छ।

मोटरसाइकलको ठक्करबाट बागमती प्रदेस गण हेटौंडामा कार्यरत प्रहरी जवान विनोद एडीको मृत्यु भएको हा।

पूर्वपश्चिम सडक खण्डअन्तर्गत हेटौंडा ११ स्थित थानाभर्याङमा हेटौडाबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले एडीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बुधबार बिहान दौडिँदै गरेको अवस्थामा मोटरसाइकलको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाइते भएका भएका मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौर बस्ने ४१ वर्षीय लक्ष्मण लामालाई उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको प्रहरीले जनाएको छ।

यही घटनामा गणमा कार्यरत प्रहरी जवान नवराज सार्कीलाई दायाँ हातमा चोट लागेको र अर्का प्रहरी जवान विजय खत्रीलाई बाँया खुट्टामा चोट लागेको बताइएको छ।

उनीहरू उपचारपश्चात गणमा फर्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

 

Tags: