post-slider post-slider

काठमाडौंमा यस वर्षकै कम तापक्रम रेकर्ड

Image
A A

काठमाडौं- काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ।

जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीले आज काठमाडौंमा यस वर्षकै कम तापक्रम ३.२ डिग्री सेल्सियस रेकर्ड गरिएको बताए।

यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। यो रेकर्ड तोड्दै आज ०.२ डिग्रीमा झरेको हो।

आज काठमाडौं उपत्यकामा पारदर्शिता पनि घटेको छ। उनका अनुसार आज बढी चिसो अनुभव भएको छ।

तराइमा बाक्लो हुस्सु र कुहिरो

महाशाखाले चिसो बढिरहेको बताएको छ। तराइका भूभागमा हुस्सु र कुहिरोले कुनै दिन खुल्ने कुनै दिन बेलुकासम्म नै हुस्सु कुहिरो लागिरहने गरेको पनि मशाखाले बताएको छ।

त्यसका कारण बढी चिसो महसुस हुने गरेको छ।

तराइका अधिकांश स्थानमा हुस्सु कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य तथा यातायातमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट हुनसक्ने असरका साथै चिसोबाटसमेत बच्न उपाय तथा सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।

यता आइतबार रेकर्ड गरिएको तथ्यांकअनुसार जुम्लामा माइनस ५.६ डिग्री, जोमसोममा ५ र दोलखाको जिरीमा १ डिग्री तापक्रम रेकर्ड गरिएको छ।

आगामी २४ घण्टामा कोसी र गण्डकी प्रदेसका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

Tags: