post-slider post-slider

पाल्पामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुग्यो, १६ घाइते

Image
A A

काठमाडौं, फागुन २ - पाल्लामा मुस्ताङ जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृतक सबैको सनाखत भएको छ।

तिनाउ गाउँपालिका-६ चिदिसमा मंगलबार साँझ जिप दुर्घटना भएको थियो।

लु१ज २३७१ नम्बरको जिप डुम्रेबाट चिदिसतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।

मृत्यु हुनेमा तिनाउँ गाउँपालिका-६ की ६० वर्षीया यनकुमारी पन्त, ३९ वर्षीय रामबहादुर अस्लामी, ६९ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, तिनाउ गाउँपालिका-२ की २० वर्षीया गीता सुनार रहेका छन्।

यस्तै, अन्य मृत्य हुनेमा रिब्दिकोट गाउँपालिका-१ की ६६ वर्षीया विष्णुकला कामी, सोही ठाउँका ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देही देवदह नषरपालिका-५ की २९ वर्षीया दिलमाया जिसी रहेका छन्।

यस्तै, बुटवल उपमहानगरपालिका-१४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल र सोही ठाउँकी ६० वर्षीय चुना रणपालको मृत्यु भएको छ।

तिनाउँ गाउँपालिका-६ इकोफम हाउसनजिकै भित्री कच्ची सडकखण्डमा जिप आफैं अनियन्त्रित भई सडकबाट खसेको थियो।

चालक तानसेन नगरपालिका-१० का ४५ वर्षीय दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा १६ जना घाइते रहेका छन्। उनीहरू सबैको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

Tags: