post-slider post-slider

एसइईको नतिजा सार्वजनिक, २२ हजार बढी ‘ए प्लस’

Image
A A

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ।

गत वर्ष चैतमा सम्पन्न एसइईको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको हो।

बिहीबार बसेको बोर्डको बैठकले एसइई नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो। बैठकपछि बोर्डले पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरेको हो।

नतिजाअनुसार सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४७५ रहेको छ।

त्यस्तै ३.२० देखि ३.६० जिपिए ल्याउने विद्यार्थीको संख्या ५५ हजार ६९ रहेको छ। जुन ११.३६ प्रतिशत हो।

बोर्डका अनुसार लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार नतिजा सार्वजनिक गरिएको हो।

निर्देशिका २०७२ अनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गत सोमबार बसेको बोर्डको बैठकले गरेको थियो।

यसपालि एसइई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच हुन्। त्यसैले पुरानो निर्देशकाअनुसार नै नतिजा प्रकाशन हुनुपर्ने निष्कर्ष बोर्डले निकालेको हो।

निर्देशिका २०७२ मा सैद्धान्तिक र प्रयोगात्मक अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ भने निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ।

दुई विषयसम्म नन ग्रेडिङ (एनजी) परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालित एसइईमा ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी भएका थिए।

Tags: