post-slider post-slider

१४ लाख मूल्य बराबरको समानसहित ट्रक नियन्त्रणमा

Image
A A

काठमाडौं- प्रहरीले बारबाट १४ लाख मूल्य बारबरको अवैध समानसहित ट्रक नियन्त्रणमा लिएको छ।

बाराको पथलैयाबाट प्रहरीले ना ८ ख ७५३५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो।

बीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको ट्रक चेक जाँच गर्दा लोड गरिएका विभिन्न खुद्रा समानको स्रोत खुलाउन नसकिएपछि ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

न्यौपानेका अनुसार ट्रकबाट बरामद गरिएका समानहरूको मूल्य १४ लाख ४ हजार ८६६ रूपैयाँ रहेको छ।

नियन्त्रणमा लिइएको समानसहितको ट्रकबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको उनले बताए।

Tags: