post-slider post-slider

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। नर्भिक अस्पतालमा उनको आज बिहान निधन भएको हो।

आज बिहान करिब साढे ८ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएकोमा उपचारकै क्रममा ज्यान गएको हो। प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन्।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन्।

 

Tags: