post-slider post-slider

चुनावमा गठबन्धन नगर्ने गगन थापाको प्रस्ताव सर्वसम्मत पारित

Image
A A

ललितपुर- नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्ताव सर्वसम्मत पारित भएका छन्।

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएका हुन्।

महामन्त्री थापाले चार वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरूले ताली बजाएर कांग्रेस केन्द्रीय समितिले अनुमोदन गरे।

यससँगै महामन्त्री थापाले पेस गरेको प्रतिवेदन अनुसार आगामी निर्वाचनमा कांग्रेस एकल रूपमा प्रतिस्पर्धा गर्ने भएको छ। गठबन्धन गर्दा लोकप्रिय मत गुमेको भन्दै थापाले चुनावअघि गठबन्धन गर्न नहुने प्रस्ताव पेश गरेका थिए।

यो प्रस्ताव अब केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने छ।

Tags: