post-slider post-slider

धुम्रपान: कलेजो र किड्नीलाई यसरी बिगार्छ 

Image
A A

काठमाडौं— नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका ५ प्रतिशत महिला र २८ प्रतिशत पुरुषहरूले कुनै पनि प्रकारको सुर्तीजन्य पदार्थको प्रयोग गर्ने एक अध्ययनले देखाएको छ । नेपाल जनसाङ्ख्यिक प्रतिवेदन २०२२ ले १५ देखि ४९ वर्ष उमेर समुहका ५ प्रतिशत महिला र २८ प्रतिशत पुरुषहरूले कुनै पनि प्रकारको सुर्तीजन्य पदार्थको प्रयोग गर्ने देखाएको हो । 

अध्ययनका अनुसार सूर्तिजन्य पदार्थ सेवन गर्ने पुरुषहरूमध्ये १७ प्रतिशतले दैनिक धुम्रपान गर्छन् भने ११ प्रतिशतले कहिलेकाहीँ गर्छन् । दैनिक चुरोट पिउने पुरुषमध्ये ५४ प्रतिशतले ५ वटा भन्दा कम चुरोट, २५ प्रतिशतले ५ देखि ९ वटा चुरोट र २१ प्रतिशतले दिनमा १० वटा वा सोभन्दा बढी चुरोट पिउने गरेको उक्त अध्ययनले देखाएको छ ।

सुर्तीजन्य पदार्थबाट ७० प्रतिशतसम्म क्यान्सरका रसायन उत्पादन हुने गर्छ । धुम्रपान ले शरीरको लगभग हरेक अंगलाई हानी पु¥याउँछ, धेरै रोगहरू निम्त्याउँछ र यसका कारण विभिन्न स्वास्थ्य समस्याहरूको सामना गर्नुपर्ने हुन्छ ।

धुम्रपान ले प्रत्यक्ष रुपमा फोक्सोलाई असर गरेपनि अप्रत्यक्ष रुपमा यसको असर शरीरका हरेक अंगहरुमा पर्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले धुम्रपान ले शरीरको लगभग हरेक अंगलाई नोक्सान पु¥याउने कुरा पुष्टि गरेको छ । 

विभिन्न अध्ययनहरुले धुम्रपान ले अप्रत्यक्ष रुपमा मिर्गौला र कलेजोको कार्यलाई पनि बाधा पु¥याउने र विभिन्न समस्या निम्त्याउने देखाएको छ । तर, हालसम्म धुम्रपान ले मिर्गौला र कलेजोमा पार्ने प्रभावका बारेमा पर्याप्त अध्ययन भने हुन सकेको छैन । जसका कारण धुम्रपान ले कलेजोमा सिधैं असर गर्छ भन्ने प्रमाण नभएको लिभर फिजिसियन डा. दिलिप शर्मा बताउँछन् । 

सन् २०२० को एक अनुसन्धानले धुम्रपान को प्रभावहरू धेरै अलग तर एक अर्काका कारणहरुसँग जोडिएको देखाएको छ । धुम्रपान ले कलेजोमा तीन प्रकारका समस्या निम्त्याउन सक्ने अध्ययनले देखाएको छ । 

अध्ययनका अनुसार प्रत्यक्ष र अप्रत्यक्ष विषाक्तता, प्रतिरक्षा तन्त्र, ट्युमर उत्तेजनामा धुम्रपान को प्रभाव हुन्छ । धुम्रपान बाट हुने विषाक्त पदार्थहरूले ‘अक्सीडेटिभ’ तनाव निम्त्याउन सक्छ । जब कोषिकाले प्रतिक्रियाशील अक्सिजन कणहरू धेरै ‘फ्री रेडिकल’हरुसँग एक्सपोजर अनुभव गर्छन् । ‘अक्सिडेटीभ’ तनावले कलेजोमा चोटपटक र ‘फाइब्रोसीस’ निम्त्याउन सक्छ, जहाँ तन्तु गाढा हुन्छ र दाग हुन्छ ।

समय बित्दै जाँदा ‘फाइब्रोसीस’ले रगतको प्रवाहलाई प्रतिबन्धित गर्छ र यसको गम्भीर रूपमा ‘सिरोसिस’ हुन सक्ने अध्ययनले देखाएको छ । धुम्रपान ले प्रतिरक्षा प्रणालीको एन्टीबडी उत्पादनलाई पनि रोक्न सक्छ । यसले ‘लिम्फोसाइट्स’, महत्वपूर्ण सेतो रक्त कोषिकामा हानी सुरु गर्छ । जसले क्यान्सर, संक्रमण र ब्याक्टेरिया लाई हटाउन मद्दत गर्दछ ।

धुम्रपान मा भएका केही पदार्थहरूले ट्युमरको वृद्धिलाई उत्तेजित गर्न र शरीरको प्राकृतिक एन्टी ट्युमर जीनहरूलाई दबाउन सक्छ। धुम्रपान को ट्युमर प्रवर्द्धन गर्ने विशेषतासँग जोडिएको कार्य र प्रतिरोधात्मक क्षमतामा यो कमीले कलेजो रोग र क्यान्सरको जोखिम हुन सक्छ ।

सन् २०२२ को अर्को एक अध्ययनअनुसार धुम्रपान ले ‘नन् अल्कोहलिक फ्याटी लिभर डिजिज’लाई जोड्छ । किनभने, निकोटिन आन्द्रामा जम्मा हुन्छ र ‘ए एम पी–सक्रिय प्रोटिन किनेज’ भनिने एक विशेष प्रोटिन सक्रिय हुन्छ ।

यसले घटनाको श्रृंखला सेट गर्दछ, जसले सेरामाइडहरू, लिपिडहरू उत्पादन गर्दछ जुन कलेजोमा जम्मा हुन्छ र ‘नन् अल्कोहलिक फ्याटी लिभर डिजिज’ विकास हुन सक्छ । धुम्रपान ले पुरुषभन्दा धेरै पटक नन् अल्कोहलिक फ्याटि लिभर डिजिज भएका महिलाहरूलाई प्रतिकूल असर पार्न सक्छ ।

नेसनल लाइब्रेरी मेडिसिनका अनुसार सन् २०२० को कोहोर्ट अध्ययनमा नन् अल्कोहलिक फ्याटी लिभर डिजिज भएका महिलाको मृत्यु हुने सबै कारणमा उल्लेख्य वृद्धि धुम्रपान सँग जोडिएको पाइएको छ । अनुसन्धानकर्ताहरुले पुरुषको मृत्युमा भने वृद्धि भने देखेनन् । 

तर, धुम्रपान ले असर गर्ने कलेजोको रोग ‘नन् अल्कोहलिक फ्याटी लिभर डिजिज’ मात्र होइन् ।

सन् २०२२ को एक अध्ययनले धुम्रपान ले प्राथमिक पित्त कोलाङ्गाइटिस र क्रोनिक हेपाटाइटिस संक्रमणजस्ता विभिन्न कारण भएका धेरै कलेजो रोगहरूमा फाइब्रोसिस विकासको जोखिम बढेको पनि देखाएको छ ।

धुम्रपान ले कलेजोको क्यान्सरको जोखिम बढाउँछ। कलेजोको क्यान्सरको सबैभन्दा सामान्य प्रकार ‘हेपाटोसेलुलर कार्सिनोमा’ हो । चुरोटमा लगभग ४ हजार प्रकारका रसायन हुने भएकाले शरीरमा प्रतिकूल असर पार्न सक्छ । उदाहरणका लागि टार, विनाइल क्लोराइड, नाइट्रोमाइन्स, र फोर (एमिनोबिफेनिल,  सिगरेटको धुवाँमा रहेका रसायनहरू हुन् जसले ‘हेपाटोसेलुलर कार्सिनोमा’सँग जोड्छन्।

धुम्रपान र हेपाटोसेलुलर कार्सिनोमा कलेजोको क्यान्सर विश्वव्यापी क्यान्सरको रुपमा देखा परेको छ । विश्वव्यापी रुपमा एक वर्षमा प्रति एक लाखमा  ९ दशमलव ३ प्रतिशतमा अनुमानित ‘हेपाटोसेलुलर कार्सिनोमा’ कलेजोको क्यान्सर र त्यसको ८ दशमलव ५ प्रतिशतको मृत्यु दर हुने अध्ययनले देखाएको छ । यो विश्वभर क्यान्सरका कारण हुने मृत्युको २२ प्रतिशत हो । 

धुम्रपान ले ‘सिरोसिस’ भएका बिरामीहरूमा ‘हेपाटोसेलुलर कार्सिनोमा (एचसीसी)’ को घटना बढ्नुमा सम्बन्धित रहेको देखाएको छ । 

धुम्रपान ले रक्तनली साँघुरो गराउँछ । धुम्रपान मा भएको निकोटिनले शरीरका साना रक्त नलीलाई ब्लक गराउँदै जान्छ । त्यसपछि ठूला रक्त नलीलाई साँघुरो गराउँदै लैजान्छ । अन्तमा यसले रक्त सञ्चारलाई नै अवरोध गराउँछ । 

धुम्रपान ले सिधै गर्ने असर रक्तनली र फोक्सोमा हो । तर, अप्रत्यक्ष रुपमा कलेजो र मिर्गौलालाई पनि असर गर्ने सिभिल अस्पतालका निर्देशक तथा वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिष्ट प्रा. डा. विद्याननिधी पौडेलले बताए । 

प्रा.डा. पौडेलका अनुसार कलेजो प्रत्यारोपण गरेका व्यक्तिले पनि धुम्रपान प्रयोग गर्नु हुँदैन। साना रक्त नलीबाट कोषिका रक्तसञ्चार हुन्छ । त्यसपछि ठूलो रक्त नलीको माध्यमबाट मुटुमा पुग्छ । शरीरमा सबैको आफ्नै किसिमको संगठनको जालो हुन्छ । त्यो जालो कलेजोमा जान्छ । धुम्रपान ले कलेजोमा जाने रगतका नलीहरू साँधुरो बनाइदिन्छ । रक्त सञ्चार हुँदैन्, रक्त सञ्चार नभएपछि प्रत्यारोपण गरेको कलेजोले काम गर्दैन् । 

धुम्रपान गर्ने व्यक्तिको कलेजोमा समस्या आए अथवा कलेजोमा समस्या आएपछि धुम्रपान गरे अरु अंग पनि कमजोर बनाउन सक्ने प्रा. डा. दिलिप शर्मा बताउँछन् । उनका अनुसार अन्य अंगहरु कमजोर हुँदा कलेजोमा थप क्षति पु¥याउन सघाउँछ । तर, प्रत्यक्ष रुपमा रक्सी खाएर कलेजो बिग्रिएको जस्तो चुरोट खाएर बिग्रदैंन । 

धुम्रपान को मिर्गौलामा असर 

धुम्रपान गर्नेहरू र सेकेन्ड ह्यान्ड धुवाँमा श्वास फेर्ने मानिसलाई मिर्गौला रोगको पनि जोखिम हुने अध्ययनले देखाएको छ । धुम्रपान का कारण हुनसक्ने मुटु सम्बन्धी रोगले शरीरको नसा र धमनीहरूमा असर गर्छ । हृदय प्रणालीमा हुने क्षतिले मिर्गौलालाई सिधै क्षति पु¥याउन सक्छ, जसले रगत फिल्टर गर्ने क्षमतालाई असर गर्छ । यी हानिकारक प्रभावका कारण मिर्गौला र अन्य अंगहरूमा रक्त नली साँघुरो बनाएर रगत प्रवाह घटाउँछ । परिधीय धमनी रोग, जसले मिर्गौलामा भएका रक्त वाहिकाहरूलाई साँघुरो पार्छ । धमनीहरू, जसले मिर्गौलासहित धमनीहरूलाई गाढा र कडा बनाउँछ ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार यी तीन अवस्थाले क्रोनिक किड्नी डिजिज (सिकेडी) द्रुत गतिमा विकास गरी मिर्गौला विफलता निम्त्याउन सक्छ । धुम्रपान मिर्गौला विफलताको लागि एक जोखिमपूर्ण कारक हो । धुम्रपान नगर्नेहरूको तुलनामा धुम्रपान गर्नेहरूमा मिर्गौला फेल हुने सम्भावना चार गुणा बढी हुन्छ ।

धुम्रपान ले मुटुको धड्कन, रक्तचाप, रगत जम्ने र धमनीमा बोसो जम्मा हुने गर्छ । यी धुम्रपान सँग सम्बन्धित केही सम्भावित प्रक्रियाहरू हुन्, जसले मिर्गौलाको कार्यलाई असर गर्न सक्छ । धुम्रपान नगर्नेहरूको तुलनामा, धुम्रपान गर्नेहरूमा मूत्र मा प्रोटिन जोखिम, मधुमेह सम्बन्धित मिर्गौला क्षति र अन्तिम चरणको मिर्गौला विफलताको दर लगभग दोब्बर हुन्छ ।

धुम्रपान नगर्नेहरूको तुलनामा मिर्गौलाको क्यान्सर हुने सम्भावना दोब्बर हुन्छ । दिनमा जति धेरै चुरोट पिउने गरिन्छ, मिर्गौलाको क्यान्सर हुने सम्भावना त्यति नै बढी हुन्छ ।

धुम्रपान छोड्नुको फाइदा 

धुम्रपान छोड्नु भनेको मानिसले आफ्नो स्वास्थ्य सुधार गर्न लिन सक्ने सबैभन्दा महत्वपूर्ण कार्यमध्ये एक हो । धुम्रपान छोड्दा स्वास्थ्य स्थिति सुधार र जीवनको गुणस्तर बढ्ने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

अकाल मृत्युको जोखिम कम हुन्छ र आयु १० वर्ष सम्म बढ्न सक्छ । खराब प्रजनन स्वास्थ्य परिणामहरू, हृदय रोग, क्रोनिक अब्सट्रक्टीव पल्मोनरी रोग (सिओपिडी) र क्यान्सरसहित धेरै प्रतिकूल स्वास्थ्य प्रभावहरूको जोखिम घटाउँछ । पहिले नै कोरोनरी हृदय रोग वा सिओपिडीबाट पीडित मानिसहरू धुम्रपान नगर्दा बढी लाभान्वित हुन्छन् । गर्भवती महिला र तिनीहरूको भ्रुण र बच्चाको स्वास्थ्यलाई फाइदा पु¥याउँछ । 

धुम्रपान गर्नेहरू, स्वास्थ्य सेवा प्रणाली र समाजमा आर्थिक भार कम गर्दछ । जीवनमा चाँडै छोड्दा धेरै स्वास्थ्य लाभहरू प्रदान गर्दछ । धुम्रपान छोड्नु कुनै पनि उमेरमा स्वास्थ्यको लागि लाभदायक हुन्छ । धेरै वर्षदेखि धुम्रपान गर्ने वा धेरै धुम्रपान गर्ने व्यक्तिहरूलाई पनि छोड्दा फाइदा हुन्छ । धुम्रपान छोड्नु परिवारका सदस्यहरू, सहकर्मीहरू, साथीहरू र अरूलाई धुम्रपान छोड्दा सम्बन्धित स्वास्थ्य जोखिमहरूबाट जोगाउने उत्तम तरिका हो ।

 

Tags: