post-slider post-slider

धर्मका खोल ओढेका प्रतिगामीहरू प्रतिक्रान्तिकारी हर्कतका रिहर्सल गरिरहेका छन् : बाबुराम भट्टराई

Image
A A

काठमाडौं- नेकपा समाजवादीका अध्यक्ष एवंं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले धर्मका खोल ओढेका प्रतिगामी शक्तिहरू प्रतिक्रान्तिकारी हर्कतका रिहर्सल गरिरहेको बताएका छन्।

पछिल्लो समय देशका विभिन्न ठाउँमा भइरहेको साम्प्रदायिक विवादबारे भट्टराईले यस्तो टिप्पणी गरेका हुन्।

उनले देशव्यापी रूपमा दंगाफसाद मच्चाउन भइरहेको दुष्प्रयास सतहमा देखिएकोभन्दा धेरै गम्भीर रहेको दाबीसमेत गरेका छन्।

‘धरान, मलंगवा, नेपालगञ्ज हुँदै देशव्यापी रूपमा दंगाफसाद मच्चाउने जुन दुष्प्रयास भैरहेको छ त्यो सतहमा देखिएकोभन्दा धेरै गम्भीर छ,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,‘विश्वस्त सुत्रका सूचनाअनुसार ती देशबाहिर र भित्रबाट परिचालित धर्मको खोल ओढेका प्रतिगामी शक्तिहरूले आगामी दिनमा गर्नसक्ने प्रतिक्रान्तिकारी हर्कतका रिहर्सल हुन्।’

पूर्वप्रधानमन्त्री भट्टराईले यसलाई बेलैमा बुझेर प्रभावकारी नियन्त्रण गर्न सरकारलाई सुझाव दिएका छन्।

उनले राजनीतिक शक्ति र विभिन्न धार्मिक समुदाय तथा नागरिक अगुवाहरूलाई सामूहिक प्रतिरोध गर्न सुझाव दिएका छन्।

‘नेपाली समाज कुनै धार्मिक कट्टरपन्थको भ्रमजालमा पर्दैन बरू त्यसको सशक्त प्रतिवाद गर्छ भन्ने सन्देश सबैतिरबाट दिऊँ। कसैले पनि कुर्सी वा श्रीपेचको लोभमा राष्ट्रघाती र जनघाती अपराध नगरोस्,’ भट्टराईले भनेका छन्।

 

Tags: