post-slider post-slider

कोशी सरकार किन भयो असंवैधानिक?

Image
A A

काठमाडौं- सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रिया असंवैधानिक रहेको ठहर गर्दै उनको नियुक्ति उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ।

सर्वोच्च अदालतले नियुक्ति बदर गरिदिएपछि थापा पदमुक्त भएका हुन्। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो।

कांग्रेस संसदीय दलका नेता थापा २१ असारमा सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। सोही समर्थनका आधारमा प्रदेस प्रमुख पर्शुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भएको भन्दै सर्वोच्चमा रिट हालेका थिए।

उनले थापाको नियुक्तलाई बदरगरी संविधानको धारा १६८ (३) बमोजिम प्रदेससभाको ठूलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए।

सर्वोच्चले सरकार गठन हुनुपर्ने कारण देखाएर सभामुखले कैसलाई समर्थन गर्न नमिल्ने बताएको छ।

 

Tags: