post-slider post-slider

शान्तिपूर्ण क्रान्ति जारी छ : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध सकिए पनि शान्तिपूर्ण क्रान्ति अझै जारी रहेको बताएका छन्।

बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित २७ औं बेथान वीरता दिवस, सहिद स्तम्भ उदघाटन तथा सहिद परिवार सम्मान कार्यक्रममा उनले शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताए।

जनयुद्ध देशको मुक्ति र परिवर्तनका निम्ति महान विद्रोह भएको उनले उल्लेख गरे।

‘त्यतिबेला हामीसँग ठूलो शक्ति थिएन, तर महान विचार थियो, ऐतिहासिक लक्ष्य थियो। त्यसका आधारमा नेपालको क्रान्तिले गुणात्मक उचाइ प्राप्त ग¥यो। त्यसले नै देशमा महान परिवर्तन सम्भव भएको हो। जनयुद्ध देशको मुक्ति र परिवर्तनका निम्ति महान विद्रोह थियो,’ उनले भने।

अहिले पनि आफूहरू क्रान्तिमै रहेको बताउँदै उनले क्रान्तिको स्वरूपमात्र फेरिएको उल्लेख गरे।

प्रचण्डले भने, ‘हामी अहिले पनि क्रान्तिमै छौं। क्रान्ति सकिएको छैन, स्वरूपमात्र फेरिएको हो। हामी समाजवादको लक्ष्यमा छौं। यो क्रान्तिको शान्तिपूर्ण मोर्चा हो।’

 

Tags: