post-slider post-slider

कोशी प्रदेशको सभामुखमा एमालेले उम्मेदवारी नदिने, राप्रपाका विष्टलाई समर्थन गर्ने

Image
A A

विराटनगर । नेकपा एमालेले पनि कोशी प्रदेशको सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

केही समयअघि सकिएको एमालेको बैठकले सभामुखमा सत्ता गठबन्धनको समर्थनमा अर्थात राप्रपाका अम्बरबहादुर विष्टलाई समर्थन गर्ने निर्णय गरेको हो । 

नेकपा एमाले सांसद लिलाबल्लभ अधिकारीका अनुसार एमालेले विष्टलाई नै समर्थन गर्ने निर्णय गरेको छ ।

एमालेले पनि समर्थन गर्ने भएपछि विष्ट सर्वसम्मत सभामुख बन्ने करिब निश्चित जस्तै भएको छ ।

 विष्ट राप्रपाका समानुपातिक सांसद हुन् ।

विष्ट सभामुख बनेपछि राप्रपाको दुईवटा प्रदेशमा सभामुख हुनेछन् । बागमती प्रदेश सभामा राप्रपाकै भुवनकुमार पाठक सभामुख छन् ।

कोशीमा सभामुखको निर्वाचन आज दिउँसो ३ बजे हुँदैछ ।

Tags: