post-slider post-slider

नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ

Image
A A

काठमाडौं, चैत २ - सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन्।

प्रहरीले उनलाई धापासीबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई पक्राउ गरेको हो।

गत साउन २ गते बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा आएका थिए।

तर, केन्द्रीय अनुसन्धान ब्युरोले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख थियो।

 

Tags: