post-slider post-slider

भारतले बन्द गर्‍यो क्यानडाबाट भारतीय भिसा

Image
A A

काठमाडौं- भारतले क्यानडाका राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशज्ञा (भिसा) सेवा बन्द गरेको छ।

अर्को सूचना जारी नभएसम्मका लागि भिसा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बिएसएल इन्टरनेसनल सर्भिसेजले जनाएको छ।

विगत केही समयदेखि बिएसएल इन्टरनेसनल सर्भिसेजले भारत सरकारका निम्ति भिसा, राहदानी, ‘कन्सुलर’, प्रमाणीकरण र नागरिक सेवा प्रवाहलगायतका प्रबन्ध गर्दै आएको छ।

बिएसएले सरकारी र विश्वका विभिन्न देशमा रहेका भारतीय कूटनीति नियोगमा सेवा प्रवाह गर्दै आएको छ।

बिएसएले बिहीबार सूचना जारी गर्दै भारतीय भिसा सेवा अर्को सूचना नभएसम्म स्थगन गरिएको जनाउँदै बेलाबेलामा कम्पनीको वेबसाइट हेर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्यापछाडि भारत सरकारको हात रहेको आरोप लगाएपछि भारत–क्यानडा सम्बन्धमा तनाव उत्पन्न भएको छ।

 

Tags: