post-slider post-slider

नेपाललाई नेताले बिगारे : राजेन्द्र लिङ्देन

Image
A A

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई कर्मचारीले नभई नेताले बिगारेको टिप्पणी गरेका छन्। साउदी अरब भ्रमणमा रहेका उनले जेद्दामा नेपाली संघसंस्थाका अगुवालाई सम्बोधन गर्दै नेपाललाई कर्मचारीले होइन नभई राजनीतिक नेतृत्वले बिगारेको धारणा राखे।

'मन्त्री भएर सिंहदरबारमा रहँदाको छोटो अनुभवमा मैले त्यही अनुभूति गरेँ। देश बिग्रिनमा कर्चारीको भन्दा नेताकै हात छ। नेता ठीक भए कर्मचारी ठीक हुन्छन्,’ उनले भने।

उनले करिब २ महिना आफूले ऊर्जा मन्त्रालय सम्हाल्दा सबै कर्मचारीको सहयोग पाएको बताए। लिङ्देनले विद्युत् खरिद सम्झौतामा एक मेगावाटकै १० लाख रुपैयाँसम्म घुस लिने परिपाटी पनि आफूले देखेको बताए।

‘म ऊर्जामा गएपछि चार वर्षदेखि हुन नसकेको विद्युत् खरिद सम्झौता १५ दिनमै भयो। हामीले एक कप चिपा नखाई विद्युत् खरिद सम्झौता गर्यौँ, कर्मचारीले नाइँ भनेनन् सहयोग नै गरे। पहिले त्यहाँ विद्युत् खरिद सम्झौतामा १ मेगावाटकै १० लाखसम्म घुस लिने चलन रहेछ,’ उनले भने।

उनले सिंहदरबार यात्राको छोटो समयमै नेपालमा कर्मचारीभन्दा नेता भ्रष्ट रहेको थाहा पाएको बताए। नेपालको विद्युत् उत्पादनको काम विदेशीलाई दिन नहुने उनको भनाइ थियो।

उनले अहिले नै आदर्शका कुरा गरेर जादुको छडी जस्तो वैदेशिक रोजगारी बन्द गर्न नसकिने बताए। ‘तर ४०/५० हजार तलबका लागि युवाले बिहे गरेको भोलिपल्ट विदेश हिँड्नुपर्ने अवस्था अन्त्य गर्न सकिन्छ’, उनले भने, ‘देशको नेतृत्व सम्हाल्नेले बदमासी नगर्ने हो भने केही वर्षमा धेरै युवालाई स्वदेशमा रोक्न सकिन्छ।’

Tags: