post-slider post-slider

तीनै तहका अस्पतालको स्वास्थ्योपचार सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन 

Image
A A

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय, प्रादेशिक तथा स्थानीय स्तरका अस्पतालले स्वास्थ्योपचार सेवालाई थप प्रभावकारी बनाउने निर्देशन दिएको छ । 

आम नागरिकको जीवन रक्षामा चौबिसै घण्टा स्वास्थ्यकर्मीको परिचालन गर्ने व्यवस्था मिलाउन मन्त्रालयले तीनै तहका अस्पताललाई स्वास्थ्योपचार सेवालाई थप प्रभावकारी बनाउने निर्देशन दिइएको हो।

गर्मी याम बढेसँगै तराई क्षेत्र लगायत देशका मध्य पहाडी जिल्लाहरुमा सर्पदंश हुन सक्ने क्षति, आगलागी, झाडा पखाला, उच्च ज्वरो जस्ता रोग एवं विपद जन्य अवस्थामा तत्कालै विरामीहरूलाई उपचार सेवा पुर्याउन सक्ने गरी संघीय सँगै प्रादेशिक अस्पतालहरुले आवश्यकता अनुसारको उपचार व्यवस्था (औषधि, स्वास्थ्य उपकरण, एसी सहितको उपचार कक्ष) तयारी अवस्थामा राख्ने भनिएको हो । 

यस किसिमका रोग तथा विपद् जन्य अवस्था हुनबाट पूर्व सतर्कता अपनाउन स्थानीय स्तरका रेडियो, एफ एम, पत्र पत्रिका मार्फत सूचना सम्प्रेषण गर्न र पीडितहरुको उपचारका लागि विशेषज्ञ चिकित्सक सहितको प्रभावकारी उपचार सेवा प्रदान गर्न आदेश दिइएको हो । 

 

Tags: