post-slider post-slider

राहत शिक्षकहरूको प्रदर्शनमै

Image
A A

काठमाडौं- विद्यालय शिक्षाको विरोधमा राहत शिक्षकहरूले बुधबार पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन्।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन्।

नेपाल शिक्षक महासंघले सरकारसँग ६ बुँदे सहमति गरे पनि त्यसले आफूहरूको माग सम्बोधन नगरेको भन्दै राहत शिक्षकहरूले प्रदर्शन जारी राखेका छन्।

शिक्षक महासंघले धोका दिएको भन्दै माग सम्बोधन नहुन्जेल आफूहरूको आन्दोलन जारी रहने राहत शिक्षकहरूले बताएका छन्।

राहत शिक्षकहरूको आन्दोलनका कारण सवारी आवागमनसमेत प्रभावित हुने गरेको छ।

 

Tags: