post-slider post-slider

इलाम-२ बाट मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

Image
A A

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।

उक्त पार्टीले इलाम-२ बाट मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बिहीबार केन्द्रीय कार्यालयमा बसेको बैठकले ६ जना आकांक्षीहरूमध्येबाट लिम्बूको नाम टुंगो लगाएको हो।

उम्मेदवारका पाँच जना आकांक्षीले लिम्बूलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने भएको उक्त पार्टीले जनाएको छ।

वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम तय भएको छ।

लिम्बू पत्रकार हुन्। उनी नेकपा (माओवादी केन्द्र) निकट थिए।

माओवादीसँगको आबद्धता त्याग्दै लिम्बूले इलाम २ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए। उनीसँग रास्वपा सभापति रवि लामिछानेसहितका व्यक्तिले संवाद गरिरहेका थिए।

लिम्बू रास्वपाबाट उम्मेदवार बन्न तयार भएपछि उनको नाम उम्मेदवारको प्रारम्भिक सूचीमा राखिएको थियो।

Tags: