post-slider post-slider

१८ वाणिज्य बैंकले घटाए ब्याजदर

Image
A A

काठमाडौं- १८ वटा वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। पुस महिनाका लागि १८ वटा वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्।

प्रभु बैंक र सानिमा बैंकले भने पुसका लागि पनि मंसिरकै ब्याजदर यथावत राखेका छन्।

वाणिज्य बैंकहरुको औसत ब्याजदर मंसिरको तुलनामा ०.६२ प्रतिशतविन्दुबाट घटेर ८.९९ प्रतिशतमा झरेको छ।

मंसिरमा वाणिज्य बैंकको औसत ब्याजदर ९.९१ प्रतिशत थियो।

सबैभन्दा बढी हिमालयन बैंकले ब्याजदर घटाएको छ।

मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपमा १०.६०३ प्रतिशत रहेको यो बैंकको अधिकतम ब्याजदर पुसमा २ प्रतिशतबिन्दुबाट घटेर ८.६०३ प्रतिशतमा झरेको हो।

त्यसैगरी सिटिजन्स बैंकले १.३५ प्रतिशतबिन्दुले निक्षेपको ब्याजदर घटाएको छ।

एभरेस्ट बैंक, ग्लोबल आइएमई, लक्ष्मी, सनराइज, माछापुच्छ«े र नेपाल एसबिआइ बैंकले १ प्रतिशतबिन्दु ब्याजदर घटाएका छन्।

प्रभु बैंक र सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर दिने जनाएका छन्।

हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत, नेपाल एसबिआइ बैंक र माछापुच्छ«े बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.६ प्रतिशत र संस्थागततर्फ ७.६० प्रतिशत, लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याज दिने भएको छ।

त्यस्तै ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६ं० प्रतिशत, एभरेस्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत र एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याज दिने भएको छ।

सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत, नेपाल बैंक व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.५५ प्रतिशत र संस्थागततर्फ ६.५५ प्रतिशत, सिटिजन्स बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.३५ प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत, कृषि विकास बैंक व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.०१ प्रतिशत र संस्थागततर्फ ७.०१ प्रतिशत, नबिल बैंक व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.५६ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत, आरबीबी व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६१ प्रतिशत र संस्थागततर्फ ६.६१ प्रतिशत, कुमारी बैंक व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.३१ प्रतिशत र संस्थागततर्फ ७.३१ प्रतिशत, एनआईसी एसिया व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६७ प्रतिशत र संस्थागततर्फ ६.६७ प्रतिशत, प्राइम कमर्सियल व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याज दिनेछन्।

 

Tags: