post-slider post-slider

पेरिस ओलम्पिक: अहिलेसम्म ४७ देशले जिते पदक, चीन शीर्ष स्थानमा

Image
A A

काठमाडौं- जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४७ देशले पदक जितेका छन्।

बुधबार सम्पन्न खेलपछि २७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४७ देशले पदक जितेका छन्।

जसमा चीन ९ स्वर्ण, ७ रजत र ३ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ । त्यस्तै फ्रान्स ८ स्वर्ण, १० रजत र ८ काश्य पदकसहित दोस्रो स्थानमा रहेको छ।

त्यसैगरी, जापान ८ स्वर्ण, ३ रजत र ४ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया ७ स्वर्णसहित ६ रजत र ३ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ।

त्यस्तै, त्यस्तै ग्रेट ब्रिटेनले ६ स्वर्ण, ६ रजत र ५ काश्य पदक जितेको छ भने दक्षिण कोरियाले पनि ६ स्वर्णसहित ३ रजत र ३ काश्य पदक जितेको छ । त्यस्तै अमेरिकाले ५ स्वर्ण १३ रजत र १२ काश्य पदक जितेको छ। त्यसैगरी इटालीले ३ स्वर्ण, ६ रजत र ४ काश्य पदक जितेको छ। 

त्यस्तै, क्यानडा, हङकङ र जर्मनी २-२ स्वर्ण पदक जितेका छन्।  त्यसैगरी स्विडेन, नेदरल्याण्डस, जर्जिया, न्यूजील्याण्ड, बेल्जियम,  काजकिस्तान, दक्षिण अफ्रिका, क्रोसिया,  ग्वाटेमाला, आयरल्याण्ड, रोमानिया, अर्जेन्टिना, अजरबैजान, स्लोभेनिया, सर्बिया र उज्बेकिस्तानले पनि एक एक स्वर्ण पदक जितेका छन्।  

त्यसैगरी, अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा हंगेरी, उत्तर कोरिया, ब्राजिल, पोल्याण्ड, कोसोभो, मेक्सिको, स्वीजरल्याण्ड, टर्की, फिजी,  मंगोलिया, ट्युनिसिया, भारत, मोलडोभा, अस्ट्रिया, इजिप्ट, स्पेन, ग्रीस, स्लोभाकिया, ताजकिस्तान र युक्रेन रहेका छन्।

Tags: