post-slider post-slider

हत्याको आरोपमा महोत्तरीबाट दुई भारतीय पक्राउ

Image
A A

जनकपुरधाम- प्रहरीले हत्यामा संलग्न भएको आरोपमा महोत्तरीबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुबनी जिल्लाको जयनगर बस्ने १९ वर्षीय दीपक मलिक र मधुबनी साहरघाटका १८ वर्षीय अमित मलिक रहेका छन्।

महोत्तरीको पिपरा गाउँपालिका–५ हर्दिया बस्ने १९ वर्षीय आशिक पासवानको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।

पासवानको शव बिहीबार दिउँसो ४ बजेतिर फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय सहोडवाबाट खटिएको संयुक्त टोलीले घटनाको अनुसन्धानपछि दीपक र अमितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलिप गिरीले जानकारी दिएका छन्।

पक्राउ परेका दुवै जना मामा सुरेश मलिकको घरमा बस्दै आएका थिए।

अनुसन्धानका लागि उनीहरूलाई सोही घरबाट नियन्त्रणमा लिइ सोधपुछ गरेपछि हत्या घटनामा संलग्न भएको खुल्न आएको गिरीले बताए।

प्रवक्ता गिरीले मृतक पासवानको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार भएको पाइएको जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताएका छन्।

 

Tags: