post-slider post-slider

निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष गौचन हत्या : समिरमानलाई जन्मकैदको सजाय

Image
A A

काठमाडौं- जिल्ला अदालत काठमाडौंले ‘गुण्डा नाइके’ समिरमानसिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाएको छ।

जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो।

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा उनीमाथि सजाय निर्धारण गरेको हो।

जिल्ला अदातलले बस्नेतसहितका अभियुक्तहरूलाई दोषी ठहर हुने सजाय सुनाएको थियो।

हत्यामा मुख्य योजनाकार रहेका भनिएका बस्नेतसहित काले भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको सजाय सुनाइएको छ।

बस्नेतको हत्या गर्नका लागि गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद हुनेगरी सजाय निर्धारण गरिएको छ।

बस्नेतकी पत्नी माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रूपैयाँ जरिवाना हुने सजाय निर्धारण भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले बताएका छन्।

२०७४ असोज २१ गते नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष गौचनको काठमाडौंको शान्तिनगरस्थित प्रयागचोकमा गोली प्रहार गरी हत्या गरिएको थियो।

यो घटनामा बस्नेतसहित २४ जनाविरूद्ध कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो।

 

Tags: