post-slider post-slider

कोसी सरकारविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

Image
A A

काठमाडौं- कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज हुँदै छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो। त्यसपछि रिटको सुनुवाइ आजको लागि सारिएको हो।

मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।

कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा परेको थियो। सोही कारण हेर्न नमिल्ने भएको थियो।

यही भदौ ६ गते कार्कीले दायर गरेको रिटमा यसअघि नै अन्तरिम आदेश भएको छ। नेपाली कांगेस संसदीय दलका नेता थापा नेतृत्वको सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न सर्वोच्चले आन्तरिम आदेश जारी गरेको हो।

कोसी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। 

 

Tags: