post-slider post-slider

मोरङमा टिपरले बस र बोलेरोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, दुई घाइते

Image
A A

विराटनगर, फागुन १८ - मोरङको बेलवारी नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार शुक्रबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६७६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिँदा टिपर अनियन्त्रित भई सोही दिशातर्फ आउँदै गरेको मे१ज २८५६ नम्बरको बोलेरो ठक्कर दिँदा दुर्घटना भएको हो।

मृत्यु हुनेमा बोलेरो चालक विर्तामोड नगरपालिका-२ झापाका ३६ वर्षीय कृष्ण गजुरेल, बोलेरोमा सवार कमल गाउँपालिका-२ का ५२ वर्षीय यदुकान्त भट्टराई र कमल गाउँपालिका-४ की ४४ वर्षीया दीपा खनाल छन्। उनीहरूको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए।

उक्त घटनामा घाइते भएका विर्तामोड-२ की ४८ वर्षीया गायत्री भट्टराई र विर्तामोड-४ का ४६ वर्षीय हरि खनालको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

प्रहरीले टिपर चालक सुन्दरहरैंचा नगरपालिका-७ मोरङका २३ वर्षीय चन्द्रकुमार विक र बसका चालक सुन्दरहरैंचा-१२ का ४५ वर्षीय छत्रकुमार मास्के नियन्त्रणमा लिएको छ।

Tags: