.png)

समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई साविक बमोजिम हाजिर गराउन सामान्यको निर्देशन

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भई कार्यरत रहेका कर्मचारीलाई साविक बमोजिम नै हाजिर गराउने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिएको छ।
कतिपय स्थानीय तहले समायोजन तथा समायोजन मिलन भई काम गर्दै आएका कर्मचारीलाई दरबन्दी भन्दा बढी भएको भन्दै फिर्ता पठाउन थालेपछि सामान्यले साविक बमोजिम नै हाजिर गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
'कतिपय स्थानीय तहले समायोजन तथा समायोजन मिलान भई कार्यरत रहेका कर्मचारीहरुलाई विभिन्न बाहनामा फिर्ता पठाएको बुझिन आएकोले यसरी फिर्ता गर्नु कानूनी व्यवस्थाको प्रतिकुल हो, निजलाई साविक बमोजिम हाजिर गर्ने व्यवस्था मिलाउन अनुरोध छ,' मन्त्रालयले भन्यो।
कतिपय स्थानीय तहले स्वास्थ्यमा बढी दरबन्दी भएको भन्दै समायोजन तथा समायोजन मिलान भई गएका कर्मचारीहरुलाई फिर्ता पठाउने गरेका छन्।