post-slider post-slider

बोलिभियामाथि उरुग्वेको सानदार जित

Image
A A

काठमाडौं- उरुग्वेले जारी कोपा अमेरिकामा लगातार दोस्रो जित हासिल गरेको छ।

शुक्रबार बिहान सम्पन्न खेलमा उरुग्वेले बोलिभियालाई ५-० गोल अन्तरले पराजित गरेको हो।

उरुग्वेको जितमा फाकुनडो पेलिस्ट, डार्विन नुनेज, म्याक्सिमिलियानो अराउजो, फेडेरिको भाल्भर्डे र रोड्रिगो बेनटानचरले एक-एक गोल गरेका थिए।

उरुग्वेले यसअघि पहिलो खेलमा पानामालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो। यो जितपछि उरुग्वेले समूह सी मा २ खेलमा ६ अंक हासिल गरेको छ र शीर्ष स्थानमा रहेको छ। उरुग्वेको क्वाटरफाइनलमा पुग्ने निश्चितजस्तै रहेको छ।

समूह चरणको अन्तिम खेलमा उरुग्वेले अमेरिकाको सामना गर्ने छ भने पानामाले बोलिभियाको सामना गर्ने छ। 
        

Tags: