post-slider post-slider

अस्ट्रेलिया आठौंपटक विश्वकपको फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

Image
A A

काठमाडौं- अस्ट्रेलिया आठौंपटक आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार विश्वकपको बलियो टिम दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनलमा पुगेको हो।

अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको यो आठौंपटक हो। यसअघि यो टिमले पाँचपटक विश्वकपको उपाधि हात पारिसकेको छ।

सेमिफाइनलमा प्रतियोगिताको बलियो ठानिएका अस्ट्रेलिया र दक्षिण् अफ्रिकाको प्रदर्शन फितलो रह्यो।

कोलकत्ताको इडन गार्डेनसमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २१३ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले दबाबकाबीच ७ विकेट गुमाएर ४८ औं ओभरमा पूरा ग¥यो।

२१३ रनको लक्ष्य प्राप्त गर्न अस्ट्रेलियाका ब्याटरहरूले दक्षिण अफ्रिकाका बलरसामु ठूलै संघर्ष गर्नुप¥यो।

अस्ट्रेलियाका लागि ट्रेभिस हेडले सर्वाधिक ६२ रन बनाए। त्यस्तै डेभिड वार्नरले २९, स्टिभ स्मिथले ३०, मार्नस लाबुसेनले १८, जौस इंग्लिसले २८, कप्तान प्याट कमिन्सले १४ र मिचेल स्टार्कले १४ रन बनाए।

यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले डेभिड मिलरको सतकीय इनिङको मदतमा २१२ रन जोडेको थियो।

दक्षिण अफ्रिकाका लागि मिलरबाहेक अन्य कुनै ब्याटरले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

ओपनिङका लागि आएका क्विन्टन डिककले ३ रन बनाउँदा कप्तान टेम्बा बमुमा शून्य रनमा आउट भए।

त्यस्तै रासी भेनडेर दुसेन ६, एडेन मारक्रम १०, हेनरी क्लासेन ४७ रन बनाएर आउट भए।

लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइलनमा चुकेपछि फेरि एकपटक फाइनलमा पुग्ने अवसरबाट बञ्चित भएको छ।

अस्ट्रेलिया यसअघि फाइनलमा प्रवेश गरिसकेको आयोजक टिम भारतसँग उपाधिका लागि आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा प्रतिस्पर्धा गर्नेछ।

 

Tags: