post-slider post-slider

भूकम्प अपडेट : मृतको संख्या १२८ पुग्यो

Image
A A

काठमाडौं- शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिम गरी हालसम्म मृतकको संख्या १२८ पुगेको छ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार जाजरकोटमा भूकम्पबाट ९२ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन्।

त्यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्।

जाजरकोटको रामेडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भुकम्प गएको थियो।

यसैबीच जाजरकोटमा गएको भूकम्पमा परी घाइतेको उद्धार र उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थास्थ्य टोलीसहित त्यसतर्फ गएका छन्।

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवस्थाको अवलोकन गरी स्थानीय प्रशासनसँग थप जानकारी लिएका छन्।

 

 

Tags: