post-slider post-slider

‘बजेटमा कर बढाइएको छैन’

Image
A A

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले बजेटमा कर नबढाइएको दाबी गरेका छन्।

नेपाल उद्योग परिसंघको २० औं वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै मन्त्री महतले बजेटमा करको दायरा विस्तार गर्ने विषय उठाइए पनि कर नबढाएको दाबी गरे।

भ्याट छुट सूची हरेक वर्ष बढ्दै गएकोमा आफूले त्यो क्रम रोकेको उनले बताए।

त्यस्तै साधारण खर्च बढाउँदै जाने परिपाटी यसपटकको बजेटबाट रोकिएको महतको दाबी छ।

‘यसपालि ऋण दायित्व तिर्ने रकम बढेको छ,’ महतले भने,‘बजेट जति बाँडफाँट भएको छ, त्यसलाई शतप्रतिशत खर्च गर्ने हो भने अर्थतन्त्रलाई चलायमान गर्न मदत पुग्छ।’

मन्त्री महतले कतिपय उद्योगी व्यवसायी पारदर्शी हिसाब राख्न हिचकिचावट गरेको आरोप लगाए। 

‘एकाउन्टिङ सिस्टममा जान जुन हिचकिचावट छ, समस्या त्यहाँनिर देख्छु। कतिपय व्यवसायी मकहाँ आएर बरू अर्को ट्याक्स लगाइदिन, भ्याट नलगाइदिन भन्ने गरेका छन्,’ उनले भने।

मन्त्री महतले खाने तेलको कच्चा पदार्थ आयात गर्दा थप कर लगाएको नभइ बीचमा दिइएको भन्सार सहुलियतलाई अहिले निरन्तरता नदिइएको उनको भाइ छ।

मुलुकको सामथ्र्य कम भएकै कारण धेरै वस्तुको निर्यातमा प्रोत्साहन रकम दिन नसकिएको र कतिपय माग सम्बोधन गर्न नसकिएको महतको भनाइ छ।

उनले करका सम्बन्धमा आफूले कसैको पक्ष, विपक्षमा नभइ अर्थतन्त्रलाई सही गति दिनेगरी तय गरेको जिकिर गरे।

 

Tags: