post-slider post-slider

रुकुमबाट काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना, सात जनाको मृत्यु

Image
A A

काठमाडौं, चैत  ५ - बागलुङको निसीखोलामा सोमबार साँझ बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्। 

निसीखोला गाउँपालिका–६ जाउलेपानी भन्ने स्थानमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ। गाडीमा ३२ जना यात्रु थिए।

उनले २५ जना घाइतेलाई उद्धार गरी उपचारको लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जानकारी दिए। 

बेलुकी भइसकेकाले उद्धारको काममा कठिनाई भएको प्रहरीको भनाइ छ। पश्चिम रुकुमबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको हो।

मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

 

Tags: