post-slider post-slider

‘ठगी गर्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ’

Image
A A

काठमाडौं- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताएका छन्।

महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

श्रेष्ठले वित्तीय अपराधको अनुसन्धानका लागि आवश्यक कानुन र संस्थागत व्यवस्थाको प्रबन्ध गर्ने, प्रविधि र दक्ष जनशक्तिको विकास गरेर कारबाहीको दायरामा ल्याइने बताए।

सहकारी ठगीलाई नियन्त्रण गर्न सरकारले कानुन निर्माण गर्ने तयारी गरेको उनले जानकारी दिए।

सहकारी आफ्नो मूल मर्मबाट विचलित भएर वित्तीय संस्थाका रूपमा परिणत हुनुले समाजमा वित्तीय अपराध र ठगी बढ्दै गएको उनको भनाइ छ।

सहकारी सञ्चालकले मनपरी गरेर बचतकर्तालाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उल्लेख गर्दै उनले त्यस्ता सहकारीका कारोबारका बारेमा चाँडै अनुसन्धान थालिने बताए।

गृहमन्त्री श्रेष्ठले अपराध कर्म तथा ठगीमा संलग्न सहकारी सञ्चालकलाई कारबाही तथा बचकर्तालाई न्याय दिने प्रक्रिया अघि बढेको बताए।

 

Tags: