post-slider post-slider

विक्रम पाण्डेलाई भ्रष्टाचारी भनेपछि राप्रपा केन्द्रीय कार्यालयमै कुटपिट

Image
A A

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यालयमै कुटपिट भएको छ। कुटपिटबाट नेता ठाकुर मोहन श्रेष्ठ घाइते भएका छन्। 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिंदेनको कार्यकक्षबाट निस्कने क्रममा श्रेष्ठमाथि हातपात भएको हो। लिङ्देनको कार्यकक्षबाट बाहिर निस्किएका उनलाई केही युवाले पछ्याएका थिए। भागेर निस्किन खोजेका उनी ढोकामै कुटिएका थिए।

महामन्त्री विक्रम पाण्डेका समर्थकहरूले उनीमाथि हातपात गरेका हुन्। पाण्डेलाई भ्रष्टाचारी भनेपछि उनीमाथि कुटपिट भएको बुझिएको छ।  

आफूलाई भ्रष्टाचारी भनेपछि पाण्डे र श्रेष्ठबीच आरोप-प्रत्यारोप चलेको थियो। अध्यक्ष लगायतका केही नेताले उक्त झगडा साम्य पार्न खोजे पनि घटना कुटपिटसम्म पुगेको हो। 

Tags: