post-slider post-slider

गुठिसँग सम्बन्धी जग्गाको समस्या समाधान गरिनुपर्छ : गोकुल वाँस्कोटा 

Image
A A

काठमाडौं- नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले देशभरी गुठिसँग सम्बन्धी जग्गामा समस्या रहेको बताउँदै समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्। उनले वर्षौँदेखि जमिन जोतिरहेकाहरूको आफ्नो नाममा जग्गा आउन नसकेको भन्दै यसतर्फ सरकारको ध्यान जान नसकेको बताए।

‘देशैभरी गुठिसँग सम्बन्धित समस्या छ। हाम्रो सरकार, हामी राजनीतिक दलहरू सबै हामी समाजवादी हौँ भन्छौँ। किसानलाई न्याय दिन्छौँ भन्छौँ। तर, जसले जमिन जोतिरहेको छ, वर्षौँदेखि, पुस्तौँ पुस्तादेखि तिनका नाममा बाबु, बराजु सबै बितिसके। आज पनि उनको जमिन दर्ता हुन सकेको छैन,' उनले भने। उनले यस्तो समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

Tags: