post-slider post-slider

राष्ट्रियसभा निर्वाचन : उम्मेदवार जिताउन गठबन्धनले बनायो समन्वय समिति

Image
A A

काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले समिति बनाएको छ।

मंगलबार साँझ बसेको गठबन्धनको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न समिति गठन गरेको हो।

समितिमा नेपाली कांग्रेसका नेता रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाका मनिष सुमन छन्।

समितिले राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका १९ जना उम्मेदवारलाई विजयी गराउन समन्वय गर्ने जसपाका प्रवक्तासमेत रहेका मनिष सुमनले जानकारी दिए।

उनका अनुसार समितिको पहिलो बैठक बुधबार दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ।

 

Tags: