post-slider post-slider

एमालेलाई विश्वप्रकाशको प्रश्न – मदन भण्डारीको दुर्घटनाको छानबिन गर्न आवाज किन उठ्दैन?

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मदन भण्डारीको दुर्घटनासम्बन्धी फाइल खोल्न आवाज उठाउन एमालेलाई सुझाव दिएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन्।

शर्माले भने,‘आजभन्दा ३० वर्ष २ महिना २३ दिनअघि एउटा गम्भीर दुर्घटना भयो। म श्रद्धापूर्वक नाम लिन चाहन्छु, मदन भण्डारीको निधन भयो। बाहिर बोल्दा साथीहरू कुरा उठाउनुहुन्छ। उच्चस्तरीय आयोग बनाउँदै गर्दा ती फाइल पल्टाउँ न त!’

उनले कञ्चनपुरकी निर्मला बलात्कार कान्डका लागि पनि त्यस्तो आयोग बनाउन पनि माग गरे।

शर्माले संविधान र कानुनबमोजिम बनेका संस्थाहरूलाई अविश्वास गर्न नहुने बताए।

सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान, दक्षिण एसियामै प्रसिद्धि हासिल गरेको सिआइबी र नेपाल प्रहरीमा विश्वास नगर्ने कुरा सही नभएको उनले जिकिर गरे।

महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद अवरूद्ध गर्दा सांसदको बोल्ने हक कुन्ठित भएको उल्लेख गरे।

 

Tags: